अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५१ | Colorodo: 18:06

सुत्केरी र शिशुको मृत्युपछि थापाथली अस्पतालमा तनाव

बिआरटीनेपाल २०७६ साउन २ गते ९:३९ मा प्रकाशित

राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा सुत्केरीको मृत्युपछि अस्पतालमा तनावग्रस्त भएको छ । सुत्केरी हुन आएकी ३८ वर्षीया कल्पना तामाङको मृत्युपछि आफन्तले अस्पतालमा नाराबाजी गरेका हुन् । उनका आफन्तका अनुसार शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने भनेर मंगलबार अस्पतालमा भर्ना गरिएको थियो ।

तर, एकैपटक बुधबार अस्पतालले कल्पनालाई मृत घोषणा गरेको गरेको हो । अस्पतालको लापरवाहीले सुत्केरी र बच्चाको मृत्यु भएको आफन्तको आरोप छ । यता, अस्पतालका कार्यकारी निर्देशक तथा प्रसूति रोग विशेक्षज्ञ डा. जाग्गेश्वर गौतमले भने सुत्केरी गराउनेक्रममा उपचार गर्दा गर्दै बिरामीको मृत्यु भएको बताउनुभएको छ ।

तनाव बढेपछि बिहीवार अस्पतालमा प्रहरी परिचालन गरिएको छ । अस्पताल प्रशासन र आफन्तबीच वार्ता मार्फत सहमतिको प्रयास भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू