अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

गृहमन्त्रीसहितको टोलीद्वारा बाढी प्रभावित प्रदेश २ को अवलोकन, तत्काल पुनर्निर्माण थाल्ने प्रतिबद्धता

बिआरटीनेपाल २०७६ साउन १ गते ९:२६ मा प्रकाशित

सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले हालैको बाढी तथा डुबानका कारण प्रभावित भएको क्षेत्रमा तत्काल पुनर्निर्माणको काम थाल्ने प्रतिवद्धता जनाउनुभएको छ । बाढी तथा डुबान प्रभावित प्रदेश नम्बर २ का जिल्लाको बुधबार अवलोकन गरेपछि गृहमन्त्री थापाले चाँडै सरकारले तत्कालै पुनर्निर्माण सुरु गर्ने बताउनुभएको हो ।

मन्त्रीहरुसहितको टोली लिएर रौतहट पुग्नुभएका गृहमन्त्री थापाले उद्धारको काम लगभग सकिएकाले अब पुनर्निर्माण तथा पुनस्र्थापनाको काम अघि बढाउने बताउनुभयो ।

अनुगमनका लागि गएको टोलीमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रीहरु उपेन्द्र यादव, रघुवीर महाशेठ, वर्षमान पुन, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का तथा रौतहटका सांसद प्रभु साह हभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू