अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१७ | Colorodo: 18:32

भारतले बाँध नखोल्दा २५ फिट अग्लो दशगजाको बाँध फुट्यो, रौतहट डुवानमा

बिआरटीनेपाल २०७६ असार २८ गते ०:१० मा प्रकाशित

भारतीय पक्षले दशगजामै कृत्रिम तरिकाले बाँध बनाएर बाढीको पानी रोक्न खोज्दा बाँध फुटेको छ । भारतीय पक्षले लालबकैया र बागमतीलाई जोडेर करिब २५ फिट अग्लो बाँध दशगजामा निर्माण गरेर रोकिएको पानीले बहावले बाँध फुटेको हो।

सदरमुकाम देखि तीन किलोमीटर पुर्व राजदेवी नगरपालिकाको बेलबिछवा टोल नजिक नेपाल भारत सीमाक्षेत्रको मुसाचक नजिक बाँधिएको बाँध पानीको बेगले आफै भत्किएको हो।लाल बकैया र बागमती नदीको पानीले भारत र नेपालको रौतहटमा ठूलो असर देखाउने अनुमान गरिएको छ।

दुई दिन देखि थुनिएको पानी खुलेपछि भारतीय नागरिक त्रसित देखिएका छन् । उनीहरू सुरक्षित स्थानमा जान थालेका छन् । बाँध फुटेपछि गौरमा थुनिएको पानीको सतह भने घटिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू