अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

कोशी व्यारेजमा पानीको बहाव उच्च, खतराको संकेत रातो बत्ती बालियो

बिआरटीनेपाल २०७६ असार २७ गते ९:०५ मा प्रकाशित

सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेकभन्दा माथि पुगेको छ । शुक्रबार साँझ ७ बजेको मापनअनुसार कोशीमा पानीको बहाव २ लाख १७ हजार ५१५ क्युसेक रहेको जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।

कोशी व्यारेजमा हाल पानी निकासीको लागि ५६ मध्ये २९ वटा ढोका खोलिएका छन् । पानीको बहावमा निरन्तर वृद्धि भएसँगै व्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ । कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू