अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

प्रधानमन्त्री ओलीलाई नेविसंघकोे उपहार – तरकारी र फलफूल

बिआरटीनेपाल २०७६ असार २४ गते ७:५७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त’ तरकारी र फलफूल उपहार पठाएको छ । काठमाडौंलगायत देशका ७७ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत् नेविसंघले मंगलवार तरकारी र फलफूल उपहार पठाएको नेविसंघ नेता सुशील भट्टले जानकारी दिनुभयो ।

पछिल्ला दिनमा सरकारले नाकामा तरकारी र फलफूलमा हुने विषादी परीक्षण गर्ने कार्यबाट पछि हटेको विरोधमा नेविसंघले आन्दोलन गर्दै आएको छ । मंगलबार बिहान राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि नाकामा विषादी परीक्षण गरेर मात्रै तरकारी र फलफूल आयात गर्न माग गर्दै नेविसंघले प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू