अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

प्रधानमन्त्री ओलीलाई ’बायोमेट्रिक’ राष्ट्रिय परिचयपत्र

बिआरटीनेपाल २०७६ असार २४ गते ७:५३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोमेट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्रीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ। नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम जारी छ ।

विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई बर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू