अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५३ | Colorodo: 05:08

गण्डकी प्रदेशको बजेट शुक्रबार पारित हुँदै

बिआरटीनेपाल २०७६ असार १९ गते ९:४० मा प्रकाशित

गण्डकी प्रदेशको बजेट शुक्रबार पारित हुने भएको छ । प्रदेश सरकारले यहि असार १ गते गण्डकी प्रदेश सभामा प्रस्तुत गरेको बजेट शुक्रबारको प्रदेश सभा बैठकबाट पारित हुन लागेको हो । बजेट पारित गर्नका लागि शुक्रबार निर्णयार्थ प्रस्तुत गर्ने तयारी भएको प्रदेश सभा सचिवालय श्रोतले जनाएको छ ।

बजेट निर्णयार्थ प्रस्तुत गर्नुअघी शुक्रबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मुख्य मन्त्री कार्यालय तथा मन्त्री परिषद कार्यालयका लागि छुट्टिएको विनियोजन शीर्षकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दलको तर्फबाट नेपाली कांग्रेसले बजेटमा १ रुपैयाँ घटाइयोस् भन्ने संसोधन प्रस्ताव राख्ने बताइएको छ । सो प्रस्तावपनि निर्णयार्थ प्रस्तुत हुने बुझिएको छ ।

प्रस्तुत भएको बजेट सम्बन्धमा प्रदेशका सात वटै मन्त्रालयका लागि विनियोजित रकम र योजनाबारेको छलफल विहीबार सकिएको छ । विहीबार आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तर्गतको विनियोजित रकमबारे सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू