अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

डा. गोविन्द केसीको सरकारलाई चेतावनी

बिआरटीनेपाल २०७६ असार १३ गते ९:४५ मा प्रकाशित

चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक पटक अनशन बस्दै आउनुभएका सामाजिक अभियान्ता डा. गोविन्द केसीले सरकारले प्राप्त उपलब्धि उल्ट्याउने अभ्यास सुरु गरेको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै उहाँले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्साको स्नातक तहमा मनलाग्दी सिट बढाउने अभ्यास सुरु गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

डा. केसीद्धारा जार िविज्ञप्तिमा भनिएको छ,“धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिले चिकित्साको स्नातक तहमा अन्धाधुन्ध सिट बढाउने अभ्यासमा छ । जबकि माथेमा प्रतिविेदनको कार्यान्वयनका क्रममा एमबीबीएस कार्यक्रममा अधिकतम सय सिट कायम गर्ने अभ्यास स्थापित भइसकेको छ। त्यसैगरी उक्त प्रतिष्ठानमा स्नातकोत्तर तहका कार्यक्रममा विद्यार्थी भर्ना गर्दा विदेशी विद्यार्थीहरुलाई नाजायज रुपमा धेरै सिट खुलाएर स्वदेशी विद्यार्थीहरुलाई स्नातकोत्तर गर्ने अवसरबाट वञ्चित गरिएको छ। यस्तो कुनै पनि अनुचित र नाजायज कदम हाम्रा लागि स्वीकार्य हुन सक्दैन।”

यस्तै डा. केसीले गत वर्षभर निजी मेडिकल कलेजहरुले गैर कानुनी रुपमा असुलेको अरबौं रुपैयाँका लागि उनीहरुलाई दण्डित गर्नुको सट्टा मेडिकल माफियाको इशारामा मेडिकल शिक्षाको शुल्क बढाउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ । केसीले नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार लगायतका संविधान प्रदत्त अधिकारहरु कुण्ठित हुने गरी ल्याउन लागिएका सबै विधेयकहरु फिर्ता गर्न समेत सरकारसँग माग समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू