अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 20:49

‘स्वेच्छिक मरण’ गर्न पाउने कानुनी व्यवस्था गर्न पत्रकार रिसालको सरकारसँग माग

बिआरटीनेपाल २०७६ असार १३ गते ९:३३ मा प्रकाशित

वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरण’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । वरिष्ठ पत्रकार रिसालले धेरै विद्वान छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नुभएको हो ।

सुन्दा नमिठो लागेपनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरण गर्न चाहेको देखिएको उल्लेख गर्दै पत्रकार रिसालले यससम्वन्धि कानुनी व्यवस्था गर्न गम्भिर हुन सरकारलाई अनुरोध गर्नुभयो । उहाँले विश्वका कतिपय मुलुकमा ज्येष्ठ नागरिकहरुले चाहेमा स्वेच्छिक मरण गर्न पाउने कानुनी व्यवस्था रहेकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शुक्रबार संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धि विधेयकमाथि सरोकारवालाहरुसँगको छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ सासु–ससुरालाई स्याहार गर्ने बुहारी मध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकलाई वृद्धाश्रममा नभई घरमानै पालनपोषण गर्ने बाध्यकारी कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजाय दिने प्रावधान राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू