अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

रौतहटमा प्रहरी र थुनुवा सवार भ्यान दुर्घटना, २ थुनुवाको मृत्यु, ८ जना घाइते

बिआरटीनेपाल २०७६ असार १० गते ९:४४ मा प्रकाशित

रौतहटको चन्द्रपुर नगरपालिका–१०, बालचनपुरमा एक टाटा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते छन् । प्रहरी र हिरासतमा रहेका थुनुवा सवार भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ । विभिन्न घटनामा पक्राउ परेकाहरुको म्याद थप गर्न मंगलबार सदरमुकाम गौर लैजानेक्रममा चन्द्रनिगाहपुरबाट करिब १० किलोमिटर पर सो भ्यान दुर्घटनामा परेको बताईएको छ ।

दुर्घटनामा प्रहरी हिरासतमा रहेका थुनुवा चन्द्रपुर नगरपालिका–७ का २६ वर्षीय मुकेश भनिने निर्मल साह र सुनसरीको इनरुवा नगरपालिकाका ४० वर्षीय रमेशकुमार चौधरीको मृत्यु भएको हो । दुर्घटनामा जिल्ला अदालत गौरमा म्याद थप गर्न लगिएका चन्द्रपुर नगरपालिका–३ का १८ वर्षीय टेकबहादुर थिङ र चन्द्रपुर नगरपालिका–८ का ३९ वर्षीय कुमार गेलाल घाइते भएका छन् । यस्तै, प्रहरी सहायक निरीक्षक दिनेश चौलागाइँ, प्रहरी हवल्दारद्वय उमेश यादव र विनोद मण्डल, प्रहरीजवानहरु सन्जीव कार्की, अजयकुमार यादव र हरिकिशोर चौधरी पनि सो दुर्घटनामा घाइते भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू