अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता

बिआरटीनेपाल २०७६ असार १० गते ९:३६ मा प्रकाशित

राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको छ । मंगलबार गुठी विधेयक फिर्तासम्बन्धी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राखेको प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको हो ।

गुठी विधेयकविरुद्ध काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आन्दोलन गरेर भ्रम सिर्जना गराइएको मन्त्री अर्यालले आरोप लगाउनुभएको छ । मन्त्री अर्यालले विधेयकका प्रावधान सही रहेको दाबी गर्दै त्यसबारे फिजाइएको भ्रम चिर्नसमेत सरकारले मौका नपाएको गुनासो गर्नुभयो ।

गुठी विधेयकको विरुद्ध आन्दोलन चर्किएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले असार ८ गते विधेयक फिर्ता लिन राष्ट्रिय सभा सचिवालयमा पत्र दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू