अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

नेपाली परिबेशको समाजवाद निर्माण आवश्यक– पुर्वमन्त्री पाण्डे

बिआरटीनेपाल २०७६ असार ७ गते ९:१३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द« पाण्डेले मुलुकमा नेपाली परिवेश सुहाउँदो मौलिक समाजवाद निर्माण गर्नुपर्ने बताउनुभएको छ । नागरिकको स्वास्थ, शिक्षा , बैज्ञानिक भूमिसुधार र नागरिकको सामाजिक सुरक्षा लगायतका बिषय राज्य मातहत ल्याएको खण्डमा यसैबाट मौलिक समाजबाद शुरु हुने उहाको भनाई थियो ।

शनिवार पोखरामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ४०औं स्थापना दिवसको अबसरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पुर्वमन्त्री पाण्डेले सो कुरा बताउनु भएको हो । नेता पाण्डेले आफु चडेर गएको गाडीका चालकहरुलाई गन्तब्यमा पुगेपछि नमस्कार र धन्यबाद भन्ने संस्कारको विकास गर्न आग्रह गर्नुभयो । दक्षिण कोेरिया लगायतका मुलुकमा सरकारका मन्त्रीले पनि गाडीबाट झरेपछि नमस्कार भन्ने गरेको स्मरण गर्दे उहाँले नेपालमा पनि यात्रुले राम्रो ब्यवहार गर्नुपर्ने बताउनु भयो । चालकहरुको सम्मान भए सवारी दुर्घटनामा पनि कमी आउने पाण्डेको भनाई थियो ।

कार्यक्रममा अग्रज मजदुर नेता एवं संविधान सभा सदस्य चुडामणि जंगली , सीताराम गुरुङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कार्यालय सचिव मीना अधिकारीलाई पुर्वमन्त्री पाण्डेले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू