अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

निलम्वित सांसद रेशम चौधरी अस्पताल भर्ना, बेडमै लगाइयो नेल

बिआरटीनेपाल २०७६ असार ६ गते ९:२८ मा प्रकाशित

निलम्बित सांसद रेशम चौधरी अस्पताल भर्ना हुनुभएको छ । फोक्सो र ढाँडमा समस्या देखिएपछि चौधरीलाई वीर अस्पतालमा कडा सुरक्षा घेराबीच भर्ना गरिएको हो । चौधरीका भाइ मिथुलालका अनुसार १५ दिनदेखि बिरामी परेका रेशमलार्ई जेल प्रशासन र चिकित्सकको सल्लाहअनुसार अस्पताल भर्ना गरिएको हो । चौधरीको फोक्सो भएको समस्याका कारण स्वास फेर्न समस्या भएको छ । ढाँडको बोनम्यारोमा भएको समस्याका कारण चौधरी हिँडडुल गर्न नसक्ने हुनुभएको छ ।

उपचारका लागि अस्पतालमा भर्ना गरिए पनि चोधरीको खुट्टामा मोटो नेल लगाइएको छ । जेलभित्र हुँदा नेल र हतकडी नलगाए पनि अस्पतालमा लगाइएको हो । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएका चौधरीलाई संविधान जारी गर्ने क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा एसएसपी र नाबालकसहित ९ जनाको हत्यामा संलग्नता रहेको ठहर गर्दै जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

गएको पुस ११ गते सभामुख कृष्णबहादुर महराले चौधरीलार्ई सांसद पदको सपथ ग्रहण गराएपनि अदालतको आदेशका कारण उहाँले जेल जीवन बिताइ रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू