अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

समता अस्पतालका सचालक सञ्जेल पत्नीसहित तीन जनामाथि थप अनुसन्धान गर्न अदालतको अनुमति

बिआरटीनेपाल २०७६ असार ५ गते २३:२६ मा प्रकाशित

समता अस्पताल सञ्चालक उत्तम सञ्जेलकी श्रीमतीसहित ३ जनालाई थप अनुसन्धानका लागि हिरासतमा लिएको छ । आफन्तले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएपछि त्यसको अनुसन्धानका निम्ति प्रहरीले तत्काका लागि अभद्र व्यवहार मुद्दामा हिरासत राखेको हो। सो मुद्दामा बिहीबार काठमाडौं जिल्ला अदालतले तिनै जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएकाले हिरासतमा राख्न अदालतसँग अनुमति मागेको थियो। अस्पतालमा कार्यरत कर्मचारी रामेछाप दोरम्बाकी २७ वर्षीया बिमला तामाङले आत्महत्या गरेपछि नियन्त्रणमा लिइएका सञ्जेल पत्नी कला, कर्मचारी पितकुमारी श्रेष्ठ र संगीता केसीलाई बुधबार पक्राउ गरेको हो।

बिमलाका श्रीमान बुद्धिराज योञ्जनले किटानी जाहेरी दिएपछि उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । तत्कालका लागि तीनै जनालाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरिएको उहाँले बताउनुभएको छ ।

परिसरका अनुसार बिमलाले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन्। सो नोटमा तिनै जनाको नाम उल्लेख रहेको बोगटीले जानकारी दिनुभयो । सुसाइड नोट परीक्षण गर्न केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइएको छ । बिमलाको शव त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरिएको छ । शवको रिपोर्टमा बिमलाले आत्महत्या गरेको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू