अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 21:46

बिहारमा महामारी, ज्यान गुमाउने बालबालिकाको संख्या १०० नाघ्यो

बिआरटीनेपाल २०७६ असार ३ गते ९:५७ मा प्रकाशित

भारतको बिहारमा पछिल्लो समय फैलिएको महामारीका कारण ज्यान गुमाउने बालबालिकाको संख्या एक सय नाघेको छ । बिहारमा एक्यूट इनसेफलाइटिस सिन्ड्रोमको महामारी फैलिएको अनुमान छ । अहिलेसम्म १०३ बालबालिकाको ज्यान गएको पुष्टि भएको स्थानीय अधिकारीले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १० वर्ष भन्दा कम उमेरका कम्तिमा २०० बालबालिकाको उपचार भइरहेको छ ।

अधिकांशको हाइपोग्लाइसिमिया या रगतमा चिनीको मात्रा कम भएका कारण ज्यान गएको राज्यका अधिकारीले बताएका छन् । सन् १९७० को दशकको अन्त्यतिर इनसेफलाइटिस पहिचान भएयता भारतको बिहार उत्तर प्रदेशमा हजारौँ बालबालिकाको ज्यान गएको छ ।

बिहार राज्य सरकारले बिरामीको उपचार खर्च आफूले बेहोर्ने बताएको छ । केन्द्र सरकारले पनि सम्भव भएका सबै सहयोग गर्ने बताएको छ । जुन महिनाको सुरुवातसँगै सुरु भएको महामारीका कारण ज्यान गुमाउने अधिकांश मुजफ्फरपुरका छन् ।

स्थानीय बासिन्दाले चिली खाएका कारण बालबालिको ज्यान गएको बताउँदै आएका छन् । तर डाक्टरले भने यसको पुष्टि गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू