अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०१ | Colorodo: 21:16

नेपाल र फ्रान्सबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा आपसी सहमति

बिआरटीनेपाल २०७६ जेठ ३० गते ९:४८ मा प्रकाशित

नेपाल तथा फ्रान्सबीच आर्थिक व्यवसायीक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षण लगायत क्षेत्रमा सहकार्य तथा सहयोग गर्ने आपसी सहमति भएको छ । फ्रान्स भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र मेडेफ इन्टरनेशनलका फ्रेडरिक सान्जेजले बिहीबार उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

उक्त सहमती–पत्रमा व्यवसायिक प्रतिनिधिमण्डल आदान–प्रदान गर्ने, आर्थिक तथा व्यापारिक क्षेत्रका परियोजना अध्ययन गर्ने समूहले भ्रमण गर्ने, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने, नीति नियमहरू आदान प्रदान गर्ने, लगानी तथा प्रविधि एकअर्काको देशमा भित्राउन सहकार्य गर्ने उल्लेख छ ।

प्रतिक्रिया