अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

समावेशी व्यवस्थाको पूर्ण कार्यान्वयनको माग सहित जनजातिहरु प्रदर्शनमा

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:५२ मा प्रकाशित

नेपालको संविधानमा भएको समावेशी व्यवस्थालाई पूर्ण कार्यान्वयन हुनुपर्ने माग राख्दै आदिवासी जनजातिहरू प्रदर्शनमा उत्रिएका छन् । नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा सूचिकृत ५९ जातीय संस्था लगायतले मंगलबार काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

लोकसेवा आयोगले समानुपातिक समावेशी सिद्धान्तको भावना र मर्मविपरित जारी गरेको विज्ञापन खारेज हुनुपर्ने माग राखेका छन् । प्रदर्शनकारीले “संविधानप्रदत्त आरक्षण सुनिश्चित गर, राज्य व्यवस्था समितिको निर्देशन पालना गर, आरक्षण सुनिश्चित गरी पुनः विज्ञापन गर” नारासहित विरोध प्रर्दशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू