अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

‘मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ’- नेकपा नेता नेपाल

बिआरटीनेपाल २०७६ जेठ ११ गते ५:५७ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस सङ्गठनले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले विधेयकलाई छलफल र सुझावसहित सवैको अपनत्व रहनेगरी संशोधन गर्नुपर्ने बताउनुभयो ।

एक फरक प्रसंगमा उहाँले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको सुझाव दिनुभयो । एउटा कम्युनिष्ट पार्टीले बहुमतको सरकार चलाइरहेका बेला सरकारका विरुद्ध हतियार उठाएर हिंसाको बाटो रोज्ने कम्युनिष्ट पार्टी हुनै नसक्ने उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू