अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२० | Colorodo: 08:35

आज विश्व थाइराइड दिवस

बिआरटीनेपाल २०७६ जेठ ११ गते ०:१० मा प्रकाशित

आज विश्व थाइराइड दिवस, नेपालमा विविध सचेतनामूलक कार्यक्रम गरि मनाईँदै छ । हरेक वर्ष मे २५ का दिन यो दिवस मनाउने गरिन्छ । पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् ।

नेपालमा थाइराइड बढ्नुको मुख्य कारण हामीले खाने नुनमा आयोडिनको मात्रा धेरै हुनु हो । शरीरमा आयोडिन थोरै वा धेरै हुदाँ थाइराइड ग्रन्थीहरुलाई असर गर्ने गर्दछ । थाइराइड पहिचानका लागि रगत परीक्षण, थाइराइड स्क्यान, भिडियो एक्सरे गर्ने गरिन्छ ।

मानव शरीरमा रहेको रुद्रघण्टीको तल तिर रहने ग्रन्थीलाई थाइराइड ग्रन्थी भनिन्छ । यो पुतली आकारको हुन्छ । यो ग्रन्थीले हर्मोन उत्पादन गर्ने गर्छ । यो हर्मोनले शरीरमा मोटावोलिजम नियन्त्रण गर्छ । थाइराइडलाई पिट्युटरी ग्रन्थीले नियन्त्रण गर्छ । यी हर्मोनहरुको शरिरको बृद्धि विकासमा अहम भूमिका हुन्छ । थाइराइड ग्रन्थीमा देखिने समस्याबाट हर्मोन उत्पादनमा असन्तुलन हुन्छ।, र रोग लाग्छ । त्यो रोगलाई थाइराइड रोग भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू