अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

शुद्ध र मानक नेपाली भाषाको प्रयोग गर्न त्रिवि सेवा आयोगको ध्यानाकर्षण

बिआरटीनेपाल २०७६ जेठ ८ गते ८:३१ मा प्रकाशित

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले शुद्ध र मानक नेपाली भाषाको प्रयोग गर्न गराउन त्रिभुवन विश्वविद्यालय सेवा आयोगको ध्यानाकर्षण गराएको छ । सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा र सदस्य प्रा.डा. चिन्तामणि पोख्रेललाई भेटेर ध्यानाकर्षण गराएको हो ।

आयोगबाट तयार पारिएका आवेदन फारम, प्रकाशित सूचना, नतिजा, पत्राचार लगायतमा त्रुटिपूर्ण र अमानक भाषा प्रयोग गरिएको प्रति सञ्जालले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ध्यानाकर्षण पत्रका त्रिभुवन विश्वविद्यालय सेवा आयोग जस्तो सम्मानित संस्थाले भाषाजस्तो गम्भीर विषयमा खेला“ची गरी विगतदेखि नै अत्यन्तै त्रुटिपूर्ण र अमानक नेपाली भाषा प्रयोग गर्नु अत्यन्त दुखद र लाजमर्दो कुरा भएको उल्लेख छ ।आयोगबाट वितरण गरिने आवेदन फारम, प्रकाशित सूचना, नतिजा, पत्राचारलगायत सबैमा शुद्ध र मानक नेपाली भाषा प्रयोग गर्न–गराउन सञ्जालले माग गरेको छ ।

सो अवसरमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले सञ्जालद्वारा उठाइएको विषयवस्तुलाई आयोगले गम्भीर रूपमा लिएको उल्लेख गर्दै सञ्जालको सहयोग लिएर शुद्ध र मानक नेपाली भाषा प्रयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू