अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 20:27

कर्मचारी भर्ना गर्ने क्रम नरोकिने मन्त्री पण्डितको भनाई

बिआरटीनेपाल २०७६ जेठ ७ गते ९:२१ मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी भर्ना गर्ने क्रम अहिलेलाई नरोकिने बताउनुभएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्वन्धमा छलफल गर्न आज सिंहदरवारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा उहाँले ऐन निर्माण नहुँदासम्म यो व्यवस्था सरकारले कायम राख्ने बताउनुभयो ।

मन्त्री पण्डितले स्थायी, करार र खुल्ला प्रतियोगितालाई सन्तुलनमा राख्दै कर्मचारी व्यवस्थापनको काम अघि बढ्ने बताउनुभयो । उहाँले कतिपय पुराना कानुनहरु राम्रो भएकाले त्यसलार्ई निरन्तरता दिदै संघीयताको व्यवस्था अनुसार कानुनहरु संशोधन गर्दै लगिने बताउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले राज्य पुनसंरचनाका लागि प्रशासनिक व्यवस्था वैज्ञानिक र पारदर्शी गराउनुका साथै यसलाई जनमुखी र उत्तरदायी गराउने बनाउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू