अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२२ | Colorodo: 20:37

नेतृ सुवेदीद्धारा नेकपा विप्लव परित्याग

बिआरटीनेपाल २०७६ जेठ ६ गते ९:४३ मा प्रकाशित

नेकपा विप्लव समूहकी रुपन्देही नेतृ कल्पना सुवेदीले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ । एक प्रेस विज्ञप्ती मार्फत् उहाँले विगतमा आफू विप्लवको पार्टीमा समर्पित भएपनि अब सो पार्टीमा नरहेको घोषणा गर्नुभएको हो ।

विप्लव नेतृत्वको नेकपा अन्तर्गत अखिल नेपाल महिला संगठनकी केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्षको जिम्मेवारीमा रहेकी सुवेदीले प्रेस बिज्ञप्ती मार्फत सवै पदबाट राजिनामा दिएको समेत बताउनुभएको छ । उहाँले पारिवारिक तथा कमजोर स्वास्थ्यका कारण सो पार्टीमा रहेर काम गर्न नसक्ने भएकाले आफुले राजीनामा दिएको उल्लेख गर्नुभयो ।

विप्लव माओवादी भएको भन्दै प्रहरीलेसमेत पक्राउ गरी अदालतबाट धरौटीमा रिहा भएकी सुवेदीले अबका दिनमा स्वतन्त्र रुपमा आफु बाँच्न चाहेकाले राजिनामा दिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू