अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५७ | Colorodo: 18:12

नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा) प्रेस विज्ञप्ति

बिआरटीनेपाल २०७६ वैशाख २९ गते ९:२४ मा प्रकाशित

प्रेस स्वतन्त्रता विरोधी नेपाल सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक फिर्ताका लागि नेपाल पत्रकार महासङ्घले सुरु गरेको विरोध तथा आन्दोलनका कार्यक्रम प्रति नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा) ऐक्यवद्धता प्रकट गर्न चाहन्छ ।

नेजा स्थापनादेखिनैं नेपाल पत्रकार महासंघसग सहकार्य गरेर अघि बढिरहेको अवगत गराउदैं अहिले जसरी महासङ्घले विरोध र आन्दोलनका कार्यक्रम अघि सारेको छ त्यसमा नेजाको पूर्णता समर्थन रहेको छ । नेपालमा विना अवरोध पत्रकारहरूले पत्रकारिता गर्न पाउनुपर्छ भन्ने मान्यतासहित स्वतन्त्र र निर्भीक पत्रकारिताको पक्षमा नेजा रहेको पनि यो अवसरमा पुनः जोडदार ढङ्गले धारणा राख्न चाहन्छ ।

लोकतान्त्रिक शासन व्यवस्था स्थापनाका लागि सञ्चार जगतले खेलेको योगदानको समेत अवमूल्यन गरी मिडिया काउन्सिल विधेयक मार्फत नेपाल सरकारले प्रेसस्वतन्त्रतामाथि प्रहार गर्न खोजेको ठम्याई नेजाको रहेको छ । आफूलाई लोकतान्त्रिक बताउने वर्तमान सरकारले जुन विधेयक सङ्घीय संसद्मा पेस गरेको छ यस भित्र राखिएका कतिपय बु“दा नहटाई विधेयक पास भए नेपालमा स्वतन्त्र सञ्चार माध्यममाथि अंकुश लाग्ने स्पष्ट देखिएको छ ।

लोकतन्त्रको आधार पूर्ण प्रेस स्वतन्त्रता हो भन्ने कुरालाई बुझेर संसद्मा प्रस्तुत विधेयक फिर्ता लिई सरोकारवालाहरूसँग समन्वय गरी आवश्यक कदम अगाडि बढाउन नेपाल सरकारस“ग नेजा आग्रह गर्न चाहन्छ । र नेपाल सरकारले समयमै यसको मर्म र गम्भीरतालाई बुझेर निर्णय लिनेछ भन्ने अपेक्षा नेजाको रहेको छ तर यदि त्यसो हुन नसके त्यसका विरुद्ध आन्दोलन थालेको नेपाल पत्रकार महासङ्घले चाल्ने जुनसुकै कदममा नेजा हातेमालो गरेर अघि बढ्ने समेत जानकारी गराउन चाहन्छौँ ।

किरण मरहठ्ठा
महासचिव
नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा)

प्रतिक्रिया