अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२६ | Colorodo: 01:41

गुन्जन गुन्जियो

बिआरटीनेपाल २०७६ वैशाख २० गते ९:५७ मा प्रकाशित

२०७६ वैशाख १६ गते गुन्जनको मासिक कोठे बैठक निम्तो रेस्टुरेन्ट, अनामनगर, काठमाडौँमा सम्पन्न भयो ।

गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अतिथि अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, वक्ताहरू ज्ञाननिष्ट ज्ञवाली, शान्ति रिसाल र सरिता अर्यालले उपन्यासकार सानु घिमिरेको “सिड्नी सपना” उपन्यासबारे आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसै गरी सर्जकहरू डा. रेणु थापा सोलु, नम्रता शर्मा, सन्ध्या पहाडी, गीता रेग्मीलगायतले उपन्यासकार घिमिरेको उपन्यास “सिड्नी सपना” बारे टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रममा जलेश्वरी श्रेष्ठ, बाबा बस्नेत, जयदेव भट्टराई,सीता विष्ट, द्वारिका कुइकेल, सुशीला देउजा, सरु सुवेदी, गङगा सुवेदी, समिना खनाल, पारिजात भण्डारी, कमला रिसाल, अर्जुन थापा आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजक मन्जिला शर्मा रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन रञ्जना निरौलाले गर्नु भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू