अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

कांग्रेस नेता आचार्यको कृति “गणतन्त्रको यात्रा– बन्दी वृत्तान्त” सार्वजनिक

बिआरटीनेपाल २०७६ वैशाख १८ गते १०:०४ मा प्रकाशित

कांग्रेस नेता तथा लेखक नरहरी आचार्यको नयाँ कृति ’गणतन्त्रको यात्रा– बन्दी वृत्तान्त’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक भएको कृतिभित्र आचार्यले लोकतान्त्रिक आन्दोलनमा जेलमा बिताएका २५५ दिनको दैनिकी, लोकतान्त्रिक गणतन्त्र लागि गरिएका आन्दोलन, लोकतन्त्रको आगमन सँगै नेपाली समाजमा प्रमुख राजनीतिका कामलाई मुख्य विषयवस्तु समेटिएको छ ।

कृतिको विमोचन गर्दे नागरिक अगुवा कृष्ण पहाडीले मुलुकको राजनीतिक परिवर्तनमा आचार्यको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले यो कृति इतिहासको महत्वपूर्ण आलेख रहेको जिकिर समेत गर्नुभएको छ ।

नागरिक अगुवा देवेन्द्रराज पाण्डेले कुनै बेला आफू पनि कांग्रेस निकट भएता पनि गणतन्त्रको यात्रामा आचार्यको विचार, आस्थामा आफ्नो सधैँ सहकार्य गरेका दिनको सम्झना गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू