अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

अमेरिकामा दसैं तिहार शुभकामना सांझ २०१८ सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ असोज ३० गते १५:१८ मा प्रकाशित

नेपाली रेसिडेन्ट अफ अरोराले यस वर्षको दसैँ तिहारलाई रमाइलो बनाउन अरोरा दसैँ तिहार शुभकामना साँझ २०१८ सम्पन्न गरेको छ । गत अक्टोबर १४ तारिख आइतबारको दिन डेनभरको याक एन्ड यती रेस्टुरेन्टमा साँझ ५ बजे देखी सुरु भएको कार्यक्रम कोलोराडोमा रहेका नेपालीलाई मनोरञ्जन दिलाउने र दसैँ तिहारको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

गायिका सम्झना पाण्डे तथा गायक दीपक गौतमले नाच्छु फिरिरी र अजम्बरी पिरती बोलको गीत गएर दर्शकलाई सुनाएका थिए भने अर्की गायिका इसा कार्की र दीपक गौतमले चाहिँदैन हिरा चाहिँदैन मोती र सिरिमा सिरी नि कान्छा भन्ने बोलको गीत गाएका थिए । इसा कार्कीको आफ्नै रचना सङ्गीत भएको म नेपालकी छोरी र मेरो चञ्चले बानीले भन्ने गीत एकल स्वरमा गाएकी थिइन । कार्यक्रममा अलिशा भुजेलले स्पेनिस गीत गाएकी थिइन । त्यसै गरी उमेश सिंह खड्काले ए तुलसी आँगनमा रोपौला भन्ने बोलको गीत गाएका थिए । प्रज्ञा गहतराज, ज्योति सुनुवारले सपनीमा आउने र आज भोलि गीतको बोलमा, मारिया अधिकारीले पर्ख पर्ख मायालु गीतको बोलमा, एस्वर्या भुजेलले गोजीमा दाम छैन भन्ने बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रममा विभिन्न ६१२ डलर बराबरको ११ किसिमका डोर प्राइजको व्यवस्था गरिएको थियो । उक्त डोर प्राइजको स्पन्सर अरोरा हिमालयन लायन्स क्लब, टेमरिन इन्डियन कुजिन २-अरोरा, एनआरएन हेल्प डेस्क कोलोराडो, नेपाली गहना पसल-अरोरा, श्याम/सुनिता पन्त (अरोरा), पदम विश्वकर्मा अरोरा थिए भने नेपाली घरको तर्फबाट योगराज गौतमले दुई सय एक डलर क्यासको पुरस्कारको स्पन्सर गरेका थिए । उक्त दुई सय एक डलर क्यासको पुरस्कार अनुपमा शर्माले जितेकी थिइन । अन्य पुरस्कार पाउनेहरूमा राजेन्द्र बस्नेत, देवी सुबेदी, मारिया अधिकारी, अन्जु अधिकारी, राम ढकाल, अर्जुन ढकाल, प्रज्वल अधिकारी, रिता पौडेल तथा स्वयं भण्डारी थिए । पुरस्कार स्वरूप मिनी प्रोजेक्टर, ब्लुटुथ स्पिकर, फोर के रोकु स्टिक, स्मार्ट बाच, हेड फोन रेस्टुरेन्टको गिफ्ट कार्ड थियो ।  

अनेसास निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, एनआरएन कोलोराडो च्याप्टर अध्यक्ष राज ढुङ्गाना, नायक नवराज श्रेष्ठ, नेपाली घर महासचिव निर्मल श्रेष्ठ, अरोरा हिमालयन लायन्स क्लब अध्यक्ष कपिल सुबेदी, आमा तारादेवी पोखरेल, स्पन्सरहरु श्याम पन्त र दीपक सुनुवारहरूले पुरस्कार विजयीलाई पुरस्कार वितरण गरेका थिए । 

कार्यक्रमको सञ्चालन संयुक्त रूपमा प्रतिमा सापकोटा र उत्सुक (किरण) अधिकारीले गरेका थिए भने साउन्ड सिस्टममा दीपक सुनुवारले सहयोग गरेका थिए । कार्यक्रमको ब्यानरको स्पन्सर तथा प्रत्यक्ष प्रसारण बिआरटी नेपाल डट कमबाट गरिएको थियो । उक्त दिन अत्यधिक चिसो भए पनि कार्यक्रम पूर्ण रूपमा सफल भएको आयोजकहरूले बताएका छन् । कार्यक्रमको अन्तमा सबै स्पन्सर, याक एन्ड एती रेस्टुरेन्ट, कलाकारहरू तथा खसी किन्न सहयोग गर्नेको नाम लिँदै सबैलाई आयोजकको तर्फबाट धन्यवाद दिइएको थियो । 

More Pictures

VIDEOS

प्रतिक्रिया