अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

विद्यार्थीलाई हवाई भाडामा छुट दिने निर्णय

बिआरटीनेपाल २०७६ वैशाख १० गते १०:१७ मा प्रकाशित

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विद्यार्थीलाई हवाई भाडामा छुट दिने निर्णय गरेको छ । पर्यटन मन्त्रालयले विद्यार्थीलाई हवाईभाडामा छुट व्यवस्था निर्णय गरिएको राज्यमन्त्री धनबहादुर बुढाले जानकारी दिनुभयो ।

कर्णालीमा हवाईक्षेत्रमा देखिएका समस्या विषयक छलफलमा मन्त्री बुढाले विद्यार्थीलाई मन्त्रालयले छुट व्यवस्था गर्नुका साथै वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई समेत पहिले निर्णय भएअनुसार छुट व्यवस्था कार्यान्वयन गरिने मन्त्री बुढाले जानकारी दिनुभयो । १५ प्रतिशतसम्म छुटका लागि छलफल भएको छ तर निर्णय हुन बाँकी छ ।

कार्यक्रममा कर्णालीका सांसदहरुले कर्णालीका जनताले हवाईक्षेत्रमा भोग्नु परेको पीडा र समस्याबारे बताएका थिए । कार्यक्रममा जनप्रतिनिधिहरुले कर्णालीलाई राज्यले अलग देशका रुपमा हेरेको दुःखेसो गरे ।

छलफलमा हुम्लाका सांसद छक्कबहादुर लामाले नेपाल वायुसोवा निगमले नै कर्णालीलाई उपेक्षा गरेको बताउँदै कर्णालीमा वायुसेवा कम्पनीहरुले सहुलियत र नियमित उडान नगरे हडताल गरिने चेतावनी दिनु भयो । कतिपय सांसद तथा जनप्रतिनिधिले हवाई क्षेत्रमा नियम बने पनि कार्यान्वयन नभएकामा दुखेसो गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू