अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२२ | Colorodo: 15:37

सरकारलाई चिकित्सक संघको ७२ घन्टे ‘अल्टिमेटम’

बिआरटीनेपाल २०७५ चैत २८ गते १०:०२ मा प्रकाशित

नेपाल चिकित्सक संघले आन्दोलनरत् चिकित्सकहरुसँग वार्ताको माध्यमबाट समस्याको समाधान गर्न सरकारलाई ७२ घन्टे ‘अल्टिमेटम’ दिएको छ । संघले बिहीबार काठमाडौं उपत्यकाभित्रका चिकित्सकहरुसँग छलफल गरी सरकारलाई अल्टिमेटम दिएको जनाएको हो । संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले सरकारी चिकित्सकहरुको आन्दोलनमा संघको पूर्ण सर्मथन रहेको बताउनुभयो ।

संघका महासचिव डा. लोचन कार्कीले चिकित्सकहरुलाई अवमूल्यन गरे देशभर विरोधका कार्यक्रम सन्चालन गर्न बाध्य हुने चेतावनी दिनुभयो । समायोजनको विरोध गर्दै सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पताल ७ दिनदेखि बन्द रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू