अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

मैनाली कथा सम्मान २०७५ विजय सागरलाई प्रदान

बिआरटीनेपाल २०७५ चैत १९ गते १६:३४ मा प्रकाशित

२०७५ चैत १९ गते नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यिक पत्रकार सङ्घले “३७ औँ कथा दिवस” समारोहको आयोजना गर्‍यो । सो अवसरमा कथाकार विजय सागर (भैरहवा) लाई २०७५ सालको मैनाली कथा सम्मान प्रदान गरियो । कथाकार सागरले ५० वर्षदेखि कथा सिर्जना गर्दै आउनु भएको छ । 

सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको वरिष्ठ आख्यानकार गीता केशरी प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि केशरी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र आख्यान विभागका प्रमुख प्राज्ञ माया ठकुरी, अनेसास बिओटीका सल्लाहकार प्राडा. खगेन्द्रप्रसाद लुइटेल, सम्मानित कथाकार विजय सागर, लघुकथा समाजका अध्यक्ष श्रीॐ श्रेष्ठ रोदन, सापसका अध्यक्ष राधेश्याम लेकाली, महासचिव पुष्पा खनाललगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा कथाकारहरू हिरण्यकुमारी पाठक, गोपाल अश्क, गोविन्द गिरी प्रेरणा, नारायण तिवारी, धुर्व मधिकर्मी, तुलसीहरि कोइराला, सुशीला देउजा, ललिता दोषी, डा. पुष्कर भट्ट, छवि रमण सिलवाल, राधा पौडेल, निर्मल पराजुली, हन्सावती कुर्मी, श्रीराम राई, रविन्द्र तिम्ल्सिना, विणा सिन्हा आदिले आआफ्नो लघुकथा वाचन गर्नु भएको थियो ।

कार्यक्रममा आधुनिक नेपाली कथाका प्रवर्तक गुरुप्रसाद मैनालीको योगदानबारे विशेष चर्चा गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजना गरिएको सो समारोहमा सापसका पूर्व अध्यक्ष अच्युत रमण अधिकारी, साहित्यकारहरू रामकाजी कोने, घनश्याम राजकर्णिकार, डा. गार्गी शर्मा, भागीरथी श्रेष्ठ, विमल भौकाजी, सन्ध्या पहाडी, जलेश्वरी श्रेष्ठ आदिको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू