अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

सिके राउतको नेतृत्वमा जनमत पार्टी गठन

बिआरटीनेपाल २०७५ चैत ४ गते ९:२९ मा प्रकाशित

सिके राउतको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । स्वतन्त्र मधेश गठबन्धनलाई विघटन गर्दै राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको हो । सिरहाको लहानमा भएको भेलाले नयाँ पार्टीको गठन गरेको हो । भेलाले १० बुँदे निर्णय गर्दै नयाँ पार्टी गठन गरेको जनाईएको छ ।

राउतले यसअघि सरकारसँग जनमतका आधारमा विवाद टुंग्याउने निर्णयसमेत गर्नुभएको थियो । उहाँको पार्टी नै जनमत भएपछि ‘जनमत’ शब्दलाई कसरी प्रयोग गरिएको छ भन्ने विषय अहिलेसम्म खुलेको छैन । सरकारले जनमतलाई चुनावकै रुपमा ब्याख्या गरिरहेको अवस्थामा सिके राउतले भने जनमत संग्रहसमेत भन्दै आउनुभएको छ ।

भेलाले सरकारसँग भएको सहमतिलाई ऐतिहासिक भन्दै स्वागतसमेत गरेको छ । भेलाले सिके राउतलाई राष्ट्रिय अध्यक्ष बनाउँदै ३५ सदस्यीय कार्यकारिणी समिति पनि बनाएको छ । समितिमा १० जनालाई मनोनयन गर्ने जिम्मा पनि राउतले नै पाउनुभएको छ । साथै भेलाले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुमाथि लगाइएका मुद्दा फिर्ता लिनका लागि चन्दन सिंहको संयोजकत्वमा समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू