अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

प्रधानमन्त्री सिके राउतको विखण्डनवादी जालमा फसे – कांग्रेस प्रवक्ता शर्मा

बिआरटीनेपाल २०७५ फागुन २६ गते ९:४० मा प्रकाशित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिके राउतको विखण्डनवादी जालमा प्रधानमन्त्री फसेको आरोप लगाउनुभएको छ । कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोध सभामा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्रीको राष्ट्रवाद उदांगो भएको टिप्पणी गर्नुभयो । उहाँले कम्प्युनिष्ट दर्शन र खोक्रो राष्ट्रवादी भाषणले मात्र देश चल्न नसक्ने बताउनुभयो ।

केपी ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टिएको ठहर गर्दे शर्माले जुन विषयमा जनमतसंग्रह गर्नै सकिंदैन भन्ने संविधानमा उल्लेख छ, त्यसैमा प्रधानमन्त्री लम्पसार परेको टिप्पणी गर्नुभयो ।
सरकारले बूढीगण्डकी बिनाप्रतिष्पर्धा चिनियाँ कम्पनीलाई दिएको, रेल र पानी जहाजका लागि विदेशी ऋण खोजेर राष्ट्रियता कमजोर पारेको उहाको आरोप थियो । श्रीलंकामा चिनियाँ झन्डा फैलिएझैं भोलि नेपालीले रेलको ऋणको नाउमा अर्काको देशको झन्डा गाडिने अवस्था आउन सक्नेतर्फ उहाँले सरकारलाई सचेत गराउनुभयो ।

दुई तिहाईको सरकार भएकोले ५ वर्षमा काम गरेर देखाउने समय भए पनि एक वर्षमा संकेत दिन नसकेको प्रवक्ता शर्माको भनाई थियो । देखिने गरी समृद्धिको जग बसाल्न नसकेको सरकारका कमजोरी देखाउन कांग्रेस जागरण अभियानमा निस्कनु परेको शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू