अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल चिन्तित –  संयमता अपनाउन आग्रह

बिआरटीनेपाल २०७५ फागुन १५ गते ८:४६ मा प्रकाशित

नेपालले भारत र पाकिस्तानबीच बढ्दो उत्पन्न समस्याको समाधान वार्ता र शान्तिपूर्ण माध्यमद्वारा खोज्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयद्धारा आज जारी विज्ञप्तिमा गत फागुन २ गते कश्मिरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढेको तनावलाई लिएर नेपाल सरकार चिन्तित रहेको उल्लेख छ ।

“पुलवामा आक्रमणलाई घृणित कार्य भन्दै परराष्ट्रले उक्त आक्रमणको निन्दा गरिसकेको र सार्कको अध्यक्ष राष्ट्रका नाताले नेपाल दक्षिण एसियामा शान्ति र स्थायित्वको महत्वमा जोड दिन चाहन्छ”, बिज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भारत र पाकिस्तान दुवै पक्षलाई अधिकतम संयम अपनाउन र यस क्षेत्रमा शान्ति र सुरक्षामा खलल पुग्ने कार्य नगर्न आग्रह गरिएको छ । तनावलाई कम गरेर स्थिति सामान्यीकरण गर्नका लागि वार्ता र शान्तिपूर्ण माध्यम मार्फत समाधान खोज्न पनि आग्रह गर्दछौं ,परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू