अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

सीडीओ संघीय सरकारको मातहतमा – कानुनमन्त्री ढकाल

बिआरटीनेपाल २०७५ फागुन ८ गते ९:०० मा प्रकाशित

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघीय सरकारको मातहतमा प्रमुख जिल्ला अधिकारी रहने बताउनुभएको छ । बुधबार बुटवलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उहाँले प्रदेश र संघबीच कुनैपनि विवाद नभएको भन्दै प्रदेशको गृह मन्त्रालय र संघको प्रतिनिधिकारुपमा प्रमुख जिल्ला अधिकारी नै रहने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी नागरिकता, पासपोर्ट, सीमा सुरक्षा र वैदेशिक मुद्रासँग जवाफदेही हुने भएकाले संघकै मातहत राखिने मन्त्री ढकालको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू