अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 04:28

भ्रष्टाचार नियन्त्रण गर्ने सरकारका अंगहरू बलियो हुनुपर्छ – नेता भट्टराई

बिआरटीनेपाल २०७५ फागुन ६ गते ८:५४ मा प्रकाशित

पूर्व प्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशलाई संक्रमण फैलाउने रोगले जस्तै गरी भ्रष्टाचार नामको रोगले गाँजेको बताउनुभएको छ । गुल्मीको मुसिकोट नगरालिका ७ वामीस्थित रुद्रावती बहुमुखी क्याम्पसको प्राङगणमा मुसिकोट नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले देशलाई गाँजेको भ्रष्टाचार रोक्न महायज्ञ लगाएर धर्मको डर देखाएर सम्भव नहुने भन्दै विधि, प्रक्रिया र भ्रष्टाचार नियन्त्रण गर्ने अँगहरु बलियो हुनुपर्ने बताउनुभयो ।

डा. भट्टराईले काण्डै काण्ड भएको राजनीतिबाट स्वतन्त्र रहने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा न्यायपालिकाहरूमा नियुक्ति गर्नुपर्ने भन्दै राजनीतिक शुद्धीकरण हुनुपर्नेमा जोड दिनुभएको छ । चुनावमा हुने आधारभूत खर्च राष्ट्रले तिरिदिने र कार्यकारी पदमा मात्र चुनाव गर्ने तथा संसदमा समानुपातिक प्रणालीबाट नेता छान्ने विधि अपनाउँदा भ्रष्टाचार हट्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू