अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

गजल

गौतम सागर राई २०७५ माघ २८ गते १५:०२ मा प्रकाशित

दिन नभई निष्पट रात हुन्छ कहाँ
पिरतीमा यस्तै हुँदा जात हुन्छ कहाँ

मनभित्र अन्तरङ्ग कल्पनाहरू कल्पिदा
नजिक नभई मिठा-मिठा बात हुन्छ कहाँ

पाउनु र गुमाउनु यस्तै हो यहाँ साथी
समातेर छोड्ने निर्दही हात हुन्छ कहाँ

समय सँग सम्झौता गर्न सके बाँचुन्नेल
जिन्दगीमा सधैँ दुख्ने घात हुन्छ कहाँ

पिएर नै सिद्दिएको यो रित्तो बोतलमा
नपिउने मान्छे सँग पो मात हुन्छ कहाँ । ।