अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४४ | Colorodo: 11:59

देश फर्किनुछ

गौतम सागर राई 

गौतम सागर राई  २०७४ फागुन ७ गते ६:०८ मा प्रकाशित

ठुल्दाइ ! यो बर्ष त

देश फर्किनुछ

आफ्नै जन्म भुमिको

माटोमा छ सपना

त्यही कल्पिरहेको

हजार कल्पनाहरु

लेकका पाखाभरी

छरिएको पारिलो

घाँम संग सेकाउनुछ

ओसिएका मनहरु

अनी फुलाउनुछ

पखेराहरुमा

रातो गुराँस जस्तै

केहि रहरहरु

केही खुशीहरु

हो ठुल्दाइ देश फर्कनुछ ।

चौतारिको जोडी बर पिपलाले

सोधिरहेको हुनु पर्छ

बटुवा हरु लाई वा साथी संगी

गोठालो,खेतलाहरुलाई

बेशिखेत कती पिडामा होला

बाझो नचिरिएको कॉचो

माटो बन्नुपर्दा

अब फुटाउनुछ

माटोको भकना

बनाउनुछ कुलो

रोप्नुछ बेशिखेत

केहि गर्नुछ आफ्नै माटोमा

सिर्जनाको नया युग जन्माउनुछ

हो ठुल्दाई !

यो बर्ष त

आफ्नै देश फर्कनुछ ।