अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

“शेर्पा दाइ “

गौतम सागर राई २०७५ मंसिर १८ गते १५:१५ मा प्रकाशित

कविता –

हिउँको बख्खु ओढेर
कति उक्लन्छौ शेर्पा दाइ
हिमाल तिर
छातीभरि देश बोकेरछ
आखाँभरी बुद्धको तस्बिर
हिमाल जस्तै अग्लो
अटल छ साहस
चुम्न्नुछ यात्राको शिखर
फराउनुछ त्यही शिखरमा
चन्द्र सूर्य देशको झन्डा
तर पनि थाक्दैन पाईलहरु
शेर्पा दाइ देश त ?
तिमीले बोकेर हिडिरहेकाछौ ।

गुराँसले सोध्ला जिन्दगीको रङ्ग ?
पहाडको थुम्का थुम्की देखाउँदै
लेकका पाखाँभरी पन्छाउँदै भुइकुइरो
आधा मन चौँरी गोठ तिरै छोडेर
कति देखाउँछौ हिमालको सुन्दरता
कहिले देखाउँछौ स्याप्रु नाच
त्यही तालमा नाच्न सिकाउँछौ
आत्मीयता साट्दै सबैलाई
हो शेर्पा दाइ !
देश त तिमीले बोकेर हिडिरहेकाछौ । । ।

 

गौतम सागर राई
कोलोराडो बोल्डर ।