अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

गजल

गौतम सागर राई २०७३ चैत ११ गते १४:४३ मा प्रकाशित

जिन्दगी केडिटकार्टमा घोटिएकोछ
किन सबैको नजर मसँग ठोकिएकोछ

साथी संगी भन्छन् आऊ देश बनाऊ हामी
तर आमाको मुस्कान घामसँग पोखिएकोछ

के का लागी दौडिन्छन सडकभरी मान्छेहरू
हतारछ भन्दै सबै रातो बत्तीमा रोकिएकोछ

साहुको ऋण बोकेर देश बनाउनुछ अरबमा
त्यसैले आलोपालो सरकारको समय तोकिएको छ ।