अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

गुल्मीमा जीप दुर्घटना, कम्तीमा २ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ माघ २० गते ३:५२ मा प्रकाशित

गुल्मीको मुसिकोटमा जीप दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका ८ वामी मैदानमा ग१च ८३५७ नम्बरको निजी बोलेरो पिकअप जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि स्थानीय २८ वर्षीय ठाकुर सापकोटा र ६४ वर्षीय पुतली ठकुरीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपक बस्नेतका अनुसार स्थानीय ४८ वर्षीय हरिकला कार्की र १६ वर्षीय कमल कार्की गम्भीर घाइते भएका छन् ।

मैदानबाट वामी बजार आउने क्रममा जीप दुर्घटनामा परेको पत्रकार समेत रहेका स्थानीय लोकप्रसाद छन्त्यालले जानकारी दिनुभएको छ । जिपमा ४ जना मात्र सवार थिए । मृतक सापकोटा गाडी मालिक भएको र उनैले जीप चलाएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू