अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३७ | Colorodo: 00:52

युवाका हेराइमा शङ्कर लामिछाने अन्तरकृया सम्पन्न

बिआरटीनेपाल २०७५ माघ १० गते ८:५३ मा प्रकाशित

काठमाडौँ, शङ्कर लामिछाने प्रतिष्ठानको आयोजनामा काठमाडौँमा प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको  ४३औँ स्मृति सभा मनाइयो ।  ४३औँ स्मृति सभा कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकाली, संरक्षक तथा शंकर पत्नी रत्ना लामिछाने, सविता ढुङ्गाना, इतिहासकार डा. सुरेन्द्र के.सीले शङ्कर लामिछानेको लेखन र साहित्यिक क्रियाशीलताबारे चर्चा गरेका थिए ।

यसै गरी युवाका हेराइमा शङ्कर लामिछाने सत्रमा निबन्धकार युवराज नयाँघरे, डा.ज्ञानु अधिकारी, रामप्रसाद पन्त, पवन आलोकले शंकरको लेखन कलाबारे चर्चा गरेका थिए । सबै वक्ताले शंकरको लेखनले नेपाली साहित्य सधैँ आलोकित हुने कुरा समेत बताएका थिए ।

अन्तरकृयामा डा. शान्ति गिरी, जयदेव भट्टराई, किशोर पहाडी, पद्मावती सिंह लगायतले पनि नेपाली निबन्ध र साहित्यमा शंकरको उँचो परिचय रहेको धारणा व्यक्त गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू