अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 21:27

कलाकार गणेश मुनालको निधन

बिआरटीनेपाल २०७५ माघ ७ गते ८:४२ मा प्रकाशित

कलाकार गणेश मुनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका कलाकार मुनालको सोमबार बिहान वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

दमका रोगबाट पीडित मुनालको सोमबार बिहान निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ । माहांकालका स्थायी बासिन्दा मुनालको शव अन्तिम श्रद्धाञ्जलिका लागि केहीबेर आर्यघाटमा राखिएको थियो ।

‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘लभ लभ लभ’, ‘दिदीभाइ’ ‘मिस्टर डनड लगायतका चलचित्र र थुप्रे टेलिचलचित्रमा उहाँको अभिनय रहेको छ । मुनालले पछिल्लो पटक अभिनय गरेको चलचित्र गोपी माघ १८ गतेखेखि हलमा आउँदैछ । उहाँका एक छोरा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू