अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

सुर्खेत बन्द: विप्लव कार्यकर्ताद्वारा गाडीमा आगजनी

बिआरटीनेपाल २०७५ माघ ५ गते २:५४ मा प्रकाशित

नेत्रविक्रम चन्दविप्लव नेतृत्वको (नेकपा)ले शनिबार बिहान सुर्खेतमा दुईवटा गाडीमा आगजनी गरेका छन् । विप्लव माओबादीका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै  रत्नरावमार्गको सत्तरी र कर्णाली रावमार्गको बडिचौरमा मालबाहक ट्रकमा आगजनी गरेका हुन ।

विप्लवका कार्यकर्ताले ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी प्रदिप क्षेत्रीले बताउनुभयो ।

क्षेत्रीका अनुसार आगलागीबाट मानवीय क्षति नभएको र ट्रकको अगाडिको जलेर नष्ट भएको छ । बन्दका कारण सुर्खेतबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीका साधनहरु ठप्प छन । सुर्खेतका लागि छुटेका रात्रीकालीन सवारीसाधनलाई प्रदेश प्रहरीले गन्तव्य स्थानसम्म सुरक्षा दिएर पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू