अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

सांसदको लोगो लगाएर रेशम चौधरी जेलतिर

बिआरटीनेपाल २०७५ पुष १९ गते ८:३६ मा प्रकाशित

प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएर रेशम चौधरी जेलतिर जानुभएको छ । उहाँलाई डिल्लीबजार कारागारबाट लिएर आएको प्रहरी टोलीले शपथ सकिएलगत्तै सिंहदरबारबाट पुनः कारागार लगेको हो । थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा कयौँको ज्यान जाने गरी भएको हिंसात्मक घटनाका मुख्य योजनाकार भनिएका चौधरीविरुद्धको मुद्दा विचाराधीन रहेकै बेला चुनाव जितेको एक वर्षपछि उहाँले शपथ लिनुभएको हो । अब सांसदकै हैसियतमा चौधरी जेल बस्नुहुनेछ ।

आफ्नै मातृभाषा (थारुभाषा) मा पद तथा गोपनीयताको शपथ लिँदै चौधरीले टीकापुर घटनामा आफ्नो संलग्नता नभएको बताउनुभयो । तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको हत्याको योजना बनाएको अभियोग चौधरी माथि छ । टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित २७ जनामाथि मुद्दा चलाइएको थियो । २४ जना अहिले पनि धनगढी कारागारमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू