अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२७ | Colorodo: 20:42

चिकित्सा शिक्षा विधेयकमा सहमति नजुटेपछि समितिको बैठक स्थगित

बिआरटीनेपाल २०७५ पुष १८ गते ८:२१ मा प्रकाशित

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत्को उपसमितिको बैठकले चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन नसकेपछि समितिको बैठक नै स्थगित भएको छ । आज बसेको उपसमितिको बैठकमा डा. गोविन्द केसीको मागअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउन सत्तापक्षका सांसदहरु सहमत नभएपछि बैठक स्थगित भएको हो ।

बैठकमा नेपाली काँग्रेसका सांसदहरुले डा. केसीसँग भएका सहमतिअनुसार नै विधेयक ल्याउनुपर्ने अडान लिएका थिए । सीटीइभीटी अन्तर्गत्को स्वास्थ्यका कार्यक्रमहरु मन्त्रालयभित्र राख्ने वा आयोगअन्तर्गत् राख्ने र काठमाडौंबाहिर मेडिकल कलेज खोल्नेरनखोल्ने विषयमा सहमति हुन नसकेको हो ।सरकारले डा. केसीसँग गरेको सहमतिले काठमाडौंबाहिर मेडिकल कलेज खोल्नसमेत समस्या पारेको सत्तापक्षका सांसदहरुको तर्क छ । बैठकमा समितिका सभापति जयपुरी घर्तीले डा. केसीलाई फेरि अनशन नबस्न आग्रह गर्नुभएको थियो ।

आजको बैठकमा सहमति जुट्न नसकेपछि समितिले छिटोभन्दा छिटो सहमति जुटाएर आउन निर्देशन दिएको छ । अर्को बैठक शुक्रबार बस्नेछ ।यसैबीच, डा. केसी भने सरकारले आफूसित गरेको सहमतिअनुरुप चिकित्सा शिक्षा विधेयक ल्याउन नखोजेको भन्दै १६औंपटकको अनशनका लागि हिजो इलाम पुग्नभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू