अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

तनहुँमा बस दुर्घटना हुँदा १० घाइते

बिआरटीनेपाल २०७५ पुष १७ गते ९:०८ मा प्रकाशित

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । चितवनबाट पोखरा तर्फ आउदै गरेको बा १ प १०४६ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका ४ भुलभुलेमा दुर्घटना हुँदा २ जना कोरीयन नागरिक सहित १० जना घाइते भएको प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले जानकारी दिनुभयो । पुरीका अनुसार घाइतेहरुको जिपि कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको छ ।

बिपरित दिशाबाट आइरहेको गाडीलाई साइड दिने क्रममा बस दुघटना भएको बताइएको छ । बस चालकलाई नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू