अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

दुरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्धारा राजिनामा !

बिआरटीनेपाल २०७५ पुष ११ गते ६:१८ मा प्रकाशित

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजिनामा दिनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको उच्च स्रोतले पनि अध्यक्ष झाले राजिनामा दिएको दावी गरेको छ ।

झाको नियुक्ति रद्द वा बर्खास्त गर्नुपर्ने माग सत्तारुढ नेकपाभित्र उठेरहेको बेला आजै दिउसो उहाँले पत्रकार सम्मेलन गरी आफुलाई भष्ट्र भनिएकोमा रोष समेत प्रकट गर्नुभएको थियो । नेकपाका युवा केन्द्रीय सदस्यहरुले झालाई बर्खास्त गर्नुपर्ने विषयमा हस्ताक्षर अभियान नै चलाएका थिए ।

हस्ताक्षर अभियानकर्तामध्येकी एक नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बुधबार साँझ ट्वीट गर्दै भन्नुभएको छ, सरकारले एउटा नयाँ आशा देखायो, भ्रष्ट दिगम्बर झाको नियुक्ति खारेज गर्न सरकारलाई निर्देशन पार्टीको स्थायी कमिटीलाइ हामीहरु ४३ केन्द्रीय सदस्यहरुले ज्ञापनपत्र बुझाएका थियौँ। उनलाई सरकारले राजिनामा गरायो।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू