अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 00:32

सरकारको कार्य सम्पादन सुस्त – नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ

बिआरटीनेपाल २०७५ पुष १० गते ८:३० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ(प्रकाश)ले सरकारको कार्य सम्पादन सुस्त रहेको बताउनुभएको छ । तीव्रताका साथ जनअपेक्षा अनुसार काम गर्नुपर्ने सरकारको कार्यभार रहेपनि त्यसो हुन नसकेको उहाको भनाई थियो । अहिलेसम्मको सरकारले गरेका काम सन्तोषजनक भएपनि सरकारको काम गराई सुस्त भएको प्रवक्ता श्रेष्ठको ठम्याई रहेको छ ।

पोखरामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता श्रेष्ठले जनताका अपेक्षा धेरै भएकाले सरकारप्रति गुनासो बढेको उल्लेख गर्नुभयो । ‘९ महिनाकै अवधिमा केही पनि भएन भन्ने निष्कर्ष निकाल्नुहुँदैन, सकारात्मक काम भएका छन, अव थप तीव्रताका साथ काम गर्नुपर्दछ’ –प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

सामाजिक सुरक्षा कार्यक्रम श्रमिकका पक्षमा गुणात्मक कार्यक्रम रहेको, अन्तर प्रदेश परिषद् बैठकले संघीयता कार्यान्वयनका लागि सकारात्मक निर्णय गरेको उहाँको भनाई छ । उहाँले सरकारले प्रभावकारी र परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी स्थायी समितिमा सकारात्मक छलफल भइरहेको प्रवक्ता श्रेष्ठको भनाई थियो । सामाजिक न्याय सहितको समृद्धि हाँसिल गर्ने दिशमा तिव्रता दिनुपर्ने उहाँको धारणा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू