अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१७ | Colorodo: 03:32

येशू ख्रिस्टको जन्म किन र कसरी भयो ?

रमेश मैनाली २०७५ पुष ९ गते ११:३७ मा प्रकाशित

आज भन्दा करिबन २०१८ वर्ष अघि इसाई धर्मलम्बी या अनुरागीहरूका आशा-भरोसा, विश्वास, शान्ति र अनि प्रेम र मुक्तिका प्रतीक येशू ख्रिस्टको जन्म इजरायलको बेथलेहेम मा भएको हो । येशू ख्रिस्ट जन्मनु भन्दा करिब ७00 वर्ष अघि, पवित्र धर्मशास्त्र बाइबलका यशैयाअगमवक्ताले भविष्यवाणी यसप्रकारले गरेका थिए, “ बाइबलको पुरानो नियमको यशैया भन्ने पुस्तकको अध्याय ७ को: पद १४ मा यसरी लेखिएको छः “ यसै कारण परम प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्या गर्भवती हुनेछ, र त्‍यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ “इम्‍मानुएल” राखिनेछ “। इम्मानुएल अर्थ हो “ परमेश्वर हामीहरूसँग “ त्यसै गरी यशैयाअगमवक्ताले फेरि यसरी नै भविष्यवाणी गरे, यो पनि यशैया पुस्तक को अध्याय ९ को : पद ६ मा यसरी लेखिएको छः “ किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ। हाम्रा निम्ति एउटा छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ। जब परमेश्वरले आफ्ना मानिसहरूलाई दासत्वको देश मिश्र अहिलेको इजिप्ट बाट मोसा मार्फत छुटकारा गर्राई परमेश्वरले प्रतिज्ञा गरेको देश इजराइलमा ल्याउनु हुँदा, मानिसहरूले मोसाको व्यवस्थाको विरुद्ध विभिन्न योजनाहरू बनाई पापहरू र दुष्टता गरे । ती पापी / दुष्ट मानिसहरूले मोसाको व्यवस्थाको विरुद्ध ढलौटे सुनको बाछोको मूर्तीहरू बनाएर त्यसैलाई वेदी बनाई पुज्न थालेपछि परमेश्वर क्रोधित हुनुभयो । त्यसपछि फेरि मोसा द्वारा परमेश्वर समक्ष ४० दिन र ४० रातको उपवास ( केही पनि नखाई, कुनै खाना र पानी पनि नखाई ) बसी प्रार्थना सहित अर्जुन बिन्ती गरी, परमेश्वरको क्रोध लाई सन्त बनाई, आशिषित भएका थिए। त्यसपछि ती दासत्व का मानिसहरूलाई परमेश्वरले, आफूले प्रतिज्ञा गर्नु भएको देश इजराइलमा ल्याउनु भयो ।

जब तिनीहरू इजराइलमा आएपछि परमेश्वरको अनुग्रहलाई ब्रिसे र मोसाको व्यवस्थाको विरुद्ध विभिन्न प्रकारका पाप, भ्रष्ट व्यविचर र मूर्ती – पूजा गरी बाल देवता र आशेरा देवी बनाई तिनीहरूलाई पुज्ने र तिनीहरूलाई बलि चढाउने काममा लागि रहे । जुन चाहि परमेश्वरको आज्ञा विरुद्धमा थियो। परमेश्वरले मोसा द्वारा दिएको आज्ञा यस्तो थियो :

बाइबलको व्यवस्था को पुस्तक को अध्याय ५ : को पदहरू ५ – २२ सम्म यो आज्ञा पाइन्छ
५. (त्‍यस बेला म नै परम प्रभु र तिमीहरूका बिचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खडा भएँ, किनकि तिमीहरू अग्निको कारण डराएका थियौ, र पर्वतमा उक्‍लेनौ।) अनि उहाँले भन्‍नुभयो:
६. “म परम प्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्र देश, अर्थात्‌ दासत्वको देशबाट निकालेर ल्याएँ।
७. “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।
८. “आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ती नबनाउनू, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।

९. तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परम प्रभु तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्ड उनीहरूका सन्तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,
१0. तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्तामाथि म कृपा गर्नेछु।
११. “परम प्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
१२. “परम प्रभु आफ्ना परमेश्वरले आज्ञा गर्नुभएबमोजिम शबाथ-दिन पवित्र राख्न याद राख्नू।
१३. छ दिनसम्म परिश्रम गरेर आफ्ना सबै काम गर्नू,

१४. तर सातौँचाहिँ दिन परम प्रभु तिमीहरूका परमेश्वरको निम्ति शबाथ हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू– आफ्ना छोराछोरी, कमारा-कमारी, गोरु, गधा कुनै पशुले सहरभित्र भएको परदेशीले पनि केही काम नगरोस्‌। आफ्ना कमारा र कमारीले तिमीहरूसँग विश्राम गरून्‌।
१५. तिमीहरू मिश्रमा कमारा हुँदा कसरी परम प्रभु तिमीहरूका परमेश्वरले आफ्नो बाहुबल र फैलिएको पाखुरा प्रयोग गरी तिमीहरूलाई निकालेर ल्याउनुभयो, सो याद राख। यसै कारण परम प्रभु तिमीहरूका परमेश्वरले शबाथ मान्न तिमीहरूलाई आज्ञा गर्नुभएको हो।
१६. परम प्रभु आफ्ना परमेश्वरले आज्ञा दिनुभएझैँ आफ्ना बाबु र आमालाई आदर गर्नू, र परम प्रभु आफ्ना परमेश्वरले दिनुभएको देशमा तिमीहरूको आयु लामो होस्‌, र त्‍यहाँ तिमीहरूको भलो होस्‌।

१७. “हत्‍या नगर्नू।
१८. “व्‍यभिचार नगर्नू।
१९. “चोरी नगर्नू।
२0. “आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू।
२१. “आफ्नो छिमेकीका पत्नी, घर, खेतबारी, कमारा, कमारी, गोरु, गधा, अथवा त्‍यसको कुनै पनि वस्तुको लालच नगर्नू।”
यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्धकारको बिचबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरले भन्‍नुभयो। उहाँले थप केही भन्‍नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मोसा लाई दिनुभयो।

यसरी ती दासत्वका मानिसहरूलाई परमेश्वरले आफ्नो बहु – बाहुलीले छुटकारा गर्राई ल्याउनु भएको भुले my inपछि तिनीहरूले निरन्तर धेरै वर्ष सम्म पाप गरिरहे र विभिन्न बलि हरू क्रमस दिँदै आएका थिए । यो बलि ती मानिसहरूले आफ्नो पापको क्षमा र पाप मुक्तिको निम्ति दिन्थिए । जुन अहिले पनि हाम्रो देश नेपाल लगायत भारत, बङ्गलादेश र विभिन्न देशहरूमा भइरहेको छ । बाइबलमा बलि प्रथाको ६ वटा प्रचलनहरू थिए । बाइबलको लेवीहरूको पुस्तक अध्याय ७: को पद ३७ मा यसरी ६ प्रकारका बलिहरू वर्णन गरिएको छ :
१.होम बलि, २.अन्‍नबलि, ३.पाप बलि, ४.दोष बलि, ५.अर्पण बलि र ६.मेल बलि

पृथ्वीका मानिसहरूलाई आफ्नो पापबाट मुक्त गर्न यी बलिहरू र मानिसले बनाएका विधिहरू पर्याप्त उचित थिएन । त्यसैले परम प्रभु परमेश्वरले मानिसहरूका धेरै पाप र दुष्ट कर्महरू देख्नु भयो यसैले उहाँले आफ्नो एकलौटी पुत्र येशू ख्रिस्टलाई, यसप्रकारले दिनुभयो र येशू ख्रिस्टको जन्म यसप्रकारले भयो । नयाँ नियमको यूहन्‍ना ले लेखेको पुस्तकको अध्याय ३: को पदहरू १६-१८ मा यस्तो लेखिएको छ :

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एक मात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्त जीवन पाओस्‌। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो। जसले उहाँमाथि विश्वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एक मात्र पुत्रको नाउँमा विश्वास गरेको छैन।

अब येशू ख्रिस्ट जन्मनु भन्दा करिब ७00 वर्ष अघि नै पवित्र धर्मशास्त्र बाइबलका यशैयाअगमवक्ताको भविष्यवाणी यसप्रकारले पूरा हुन्छ :
बाइबलको मत्ती ले लेखेको पुस्ताको अध्याय १ को १८-२५ पदहरूमा यसरी वर्णन गरिएको छ:

येशू ख्रीष्‍टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्मामा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्‍याग्‍ने इच्छा गरे। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ। तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।” अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्‌: “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग।” योसेफ निद्राबाट ब्युँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे। मरियमले पुत्र नजन्‍माउञ्‍जेल योसेफले तिनीसँग सहवास गरेनन्‌। योसेफले उहाँको नाउँ येशू राखे।

ती दिनमा कैसर अगस्‍टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे। कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्टको जनगणना थियो। सबै जना नाउँ दर्ता गराउन आफ्नो-आफ्नो सहर गए। योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्‌। तिनीहरू त्‍यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरो जन्माइनु र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। त्‍यही इलाकामा गोठालाहरू थिए, जसले चउरमा बसेर राती आफ्नो बगालको रुखवाली गर्थे। प्रभुका एक जना स्‍वर्गदूत तिनीहरूकहाँ देखा परे, र प्रभुको तेज तिनीहरूका वरिपरि चम्‍क्‍यो, अनि तिनीहरू साह्रै डराए। तब स्‍वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्हचाहिँ यो हुन्छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।” तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्वरको स्तुति गर्दै, तिनीहरूले भने, “सर्वोच्‍चमा परमेश्वरलाई महिमा, र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ, तिनीहरूलाई शान्ति!” जब स्‍वर्गदूतहरू तिनीहरूबाट बिदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, “आओ, हामी बेथलेहेमसम्‍म जाऔँ, र त्‍यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनुभएको कुरा गएर हेरौँ।” तिनीहरू आतुरसँग गए, र मरियम र योसेफ दुवैलाई, र बालकलाई चाहिँ डूँड़मा सुतिरहेका भेट्टाए। जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्‍यो तिनीहरूले बताइदिए। गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्‌।

परमेश्वरका पुत्र, मानिसहरूका मुक्ति दाता येशू ख्रिस्टको जन्म हुँदा राजा हेरोद चाहि बेचैन भई धेरै बालबच्चा हरूलाई येशू ख्रिस्ट भएको आशङ्कामा मरेका थिए :

हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्म भयो, पूर्वका ज्योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने, “यहूदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौँ।” जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्य पूजाहारीहरू र जनताका शास्त्रीहरूलाई भेला गरे, र “ख्रीष्‍टको जन्म कहाँ हुने हो?” भनी सोधपुछ गरे। तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्‌: ‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बिचमा कुनैभन्दा पनि तुच्छ छैनस्, किनकि तँबाट एक जना शासक निस्किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्‌’।” तब हेरोदले ती ज्योतिषीहरूलाई गुप्‍तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए। तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठिकसँग त्‍यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्‍डवत्‌ गर्नेछु।” तब राजाको कुरा सुनेर तिनीहरू आफ्ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अडियो। जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्तका भेटी चढाए। अनि हेरोदकहाँ फर्की नजानू भन्ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के। तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्म त्‍यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।” अनि तिनी उठेर साना बालक र उहाँकी आमालाई साथमा लिई मिश्रदेशमा राती नै गइहाले, र हेरोदको मृत्‍यु नहोउञ्‍जेल त्‍यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्‍नुभएको वचन यसरी पूरा भयो, “मैले आफ्ना पुत्रलाई मिश्रदेशबाट बोलाएँ।” तब ज्‍योतिषीहरूले तिनलाई छेकाएको कुरा हेरोदले थाहा पाए, र तिनी रिसले चुर भए। अनि ज्योतिषीहरूबाट थाहा भएको समयअनुसार बेथलेहेम र त्‍यस इलाका भित्रका दुई वर्ष र त्‍यसदेखि मुनिका सबै बालकहरूलाई मार्न लगाए। तब हेरोद मरेपछि, परमप्रभुका एउटा स्‍वर्गदूत सपनामा योसेफकहाँ मिश्रमा देखा परे, र यसो भने, “उठ, बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा जाऊ, किनभने बालकको प्राण लिन खोज्नेहरू मरिसकेका छन्‌।” तिनी उठेर बालक र उहाँकी आमालाई साथमा लिई इस्राएल देशमा फर्के। तर यहूदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्य गरिरहेका छन्‌ भन्ने सुनेर तिनी त्‍यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए। तिनी गएर नाशरत भन्ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”
यसरी येशू ख्रिस्ट को जन्म भएपछि, उहाँको मृत्यु पनि हुन जरुरी थियो । त्यसैले उहाँ क्रसमा मर्नुभयो र तीन दिन तीन रात पछि जीवित भई बौरिनु भयो र हामी पापी मानिसहरुकोको पाप र हाम्रो भ्रष्ट कामको निम्ति क्रुसमा बलि हुनुभयो । अबउप्रान्त तिमीहरूले आफ्नो पाप क्षमाको निम्ति बलि नचढाउनु भन्ने येशू ख्रिस्टको को सन्देश आयो र त्यसबेलादेखि बलि प्रथा र मन्दिरहरुमामा मूर्ती पूजाको अन्त्य इजरायल लगायत अरू धेरै देशमा भयो । अब तिमीहरूले आफ्नो पाप र दुष्ट कामको निम्ति बलि चढाइ मन्दिरमा मूर्ती पुज्नु पर्दैन किनकि हाम्रो पापको निम्ति येशू ख्रिस्ट बलिदान हुनुभयो । हाम्रो पाप क्षमा र मुक्तिको निम्ति अबदेखि उसो तिमीहरूले येशू ख्रिस्ट लाई विश्वास गरे मात्र पुग्छ । यस कुरालाई, पवित्र धर्म शास्त्र बाइबलमा वर्णन गरेको पाइन्छ । यद्धपी सन्ता क्लाउस र क्रिसमस ट्री को सम्बन्ध जिसस क्राइस्ट र बाइबलमा कहीँ कतै उल्लेख नभए तापनि यसले इसाई समुदायमा एउटा संस्कार बनाई सकेको कुरा प्राय जसो धेरैले नकार्न सकिरहेका छैनन् र वास्तवमा क्रिसमस मनाउने यो कुनै एक विधि वा तरिका होइन वा बाइबलले यसको बारेमा केही पनि भनेको छैन, यो त केवल पूर्वीय मान्छेहरूले बनाएको एउटा पूर्वीय संस्कार मात्र हो।

येशू ख्रिस्ट को जन्मको दृतान्त : बाइबलको नयाँ नियम मा भएको मत्ती र लुकाको पुस्तकबाट साभार गरिएको हो।
यो एउटा बाइबलमा लेखिएको सत्य घटना हो । यदि यस लेखले कसैको आस्था, विश्वास र धर्म र मर्म मा आघात / चोट पुग्न गएमा, यसका लेखक म रमेश मैनली हार्दिक क्षमा माग्दछु । मेरो लेखको अभिप्राय तपाईँहरूको आस्था र विश्वासमा आघात या चोट पुर्‍याउने नभई क्रिसमस यानि येशू ख्रिस्टको जन्मको साँचो सन्देश दिनलाई मात्र हो । अन्त्यमा: क्रिसमस २०१८ को हार्दिक मङ्गलमय शुभकामना र तपाईँहरूको नयाँ“ वर्ष २०१९ मङ्गल रहोस्, भलो होस् अनि साथै परमेश्वर पिताको प्रेम, शान्ति र आनन्द तपाईँ र तपाईँको परिवारमा सदा अनि सर्वदा रहिरहोस्, जुन धन सम्पत्ति या रुपियाँ – पैसा/ डलरबाट प्राप्त गर्न सकिँदैन।

प्रतिक्रिया