अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

मुलुक विकास र समृद्धिका लागि अघि बढेको छ : प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ पुष ८ गते ६:५८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकास र समृद्धिका लागिअघि बढेको बताउनु भएको छ । नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले कानुनी शासन र समाजिक न्यायसहितको लोकतन्त्रलाई मजवुद बनाएर समृद्ध नेपाल ,सुखी नेपालीको लक्ष्य हासिल गर्ने ममार्गचित्रसमेत अघि सार्नुभयो । “सामाजिक सदभाव र समानताको बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर देशमा आर्थिक क्रान्ति हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामीले लामो समय राजनीतिक क्रान्ति गर्यौं । अब आर्थिक क्रान्ति गरेर देशलाई समृद्धिको बाटोमा हिडाउनु पर्दछ ।”

कतिपय संघ संस्थामा राजनीति घुसेर त्यसलाई प्रदुषित पारेको पनि प्रधानमन्त्री ओलीको भनाइ थियो । “केही केही संस्थामा राजनीति घुसेर तिनलाई प्रदुषित बनाएका छन,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कहिले बैचारिक प्रभाव, कहिले द्रव्यलाभ वा कतैतिरको संलग्नताले यस्तो हुन्छ । यस्ता प्रदुषकलाई निस्तेज बनाएर संस्थाहरुलाई व्यावसायिक बनाउनु पर्दछ । ”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू