अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४८ | Colorodo: 04:03

कांग्रेसको महासमिति बैठकमा मस्यौदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित

बिआरटीनेपाल २०७५ पुष ३ गते ६:३५ मा प्रकाशित

नेपाली कांग्रेसको महासमिति बैठकमा मस्यौदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित भएको छ । सिंहदरबारस्थित एक पार्टी प्यालेसमा आज बिहान विधानविना नै छलफल सुरु गर्न लागेपछि सहभागीले होहल्लाह गरेका थिए । त्यसपछि स्थगित भएको बन्द सत्र अझै सुरु हुन सकेको छैन ।

मस्यौदा विधानमा पदाधिकारीको संख्या बढाउने कुरामा संस्थापन पक्ष र इतर पक्षबीच सहमति हुन नसक्दा बन्द सत्रमा पेश हुन सकेको छैन । अनौपचारिक छलफलमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पदाधिकारीको संख्या बढाएर १२ र्पुयाउने सहमति भएको स्रोतले जनाएको छ । सोही सहमतिका बारेमा सभापति देउवाले अहिले विभिन्न प्रदेशका सभापति र विधान मस्यौदा समितिमा रहेका जिल्ला सभापतिहरुसँग छलफल गरिरहनु भएको छ । सो सहमति अनुमोदन भए मस्यौदा विधान आज साँझै छाप्ने र भोलिबाट छलफल चलाउने योजना कांग्रेसको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू